युभेन्ट्स र रोमा भिड्दै
शनिबार, माघ २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले आज रोमासँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा रोमाको सामना गर्नेछ । दुई टोलिबीचको खेल राति १०:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा रोमालाई हराएर युभेन्ट्स तेस्रो स्थानमा उक्लन चाहन्छ ।
रोमा पनि युभेन्ट्सलाई हराएर शीर्ष दुई टिमसँगको अंक दुरी घटाउन चाहन्छ ।
युभेन्ट्स ३९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ४० अंक जोडेको रोमा तेस्रो स्थानमा रहेको छ ।
लिगमा ४७ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा रहेको छ ।
यस्तै ४६ अंक जोडेको एसी मिलान दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा नापोलीले जेनोआसँग खेल्नेछ ।
त्यस्तै एटलान्टाले टोरिनोसँग खेल्दा सासोउलोले स्पेजियासँग खेल्नेछ ।













