बुन्डेसलिगामा आज - सम्पूर्ण जानकारी

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज विभिन्न ६ खेलहरु हुँदैछ ।
बुन्डेसलिगामा आज साविक बोरुसिया डर्टमण्ड, आरबी लाइपजित लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
डर्टमण्डले आज फ्रेईवर्गसँग उसैको मैदानमा खेल्नेछ ।
फ्रेईवर्गविरुद्ध डर्टमण्ड जित निकाल्दै लिगको शीर्ष तीन भित्र उक्लन चाहन्छ ।
डर्टमण्ड ३२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । २७ अंक जोडेको फ्रेईवर्ग नवौं स्थानमा रहेको छ ।
यस्तै लाइपजिगले पुछारको टिम साल्केसँग खेल्नेछ ।
लाइपजिग साल्केलाई हराएर शीर्ष स्थानको बायर्नसँग अंक दुरी घटाउने योजनामा हुनेछ ।
लाइपजिग ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बायर्न भन्दा लाइपजिग १० अंकले पछि रहेको छ ।
साल्के ८ अंक जोडेर पुछारमा रहेको छ ।
यस्तै बायर लेभरकुसेनले स्टुटगार्डविरुद्ध खेल्नेछ ।
बोरुसिया मन्छेनग्लाडबाखले कोल्नसँग खेल्नेछ ।
युनियन बर्लीनले मैन्जसँग खेल्दा अग्स्बर्गले उल्फवर्गसँग खेल्नेछ ।













