रियललाई हुयस्काको चुनौती
शनिबार, माघ २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले आज हुयस्काविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
रियलले उसैको मैदानमा हुयस्काविरुद्ध खेल्नेछ । रियल र हुयस्काबीचको खेल राति ९ बजे सुरु हुनेछ ।
हुयस्काविरुद्ध रियल सहज जित निकाल्ने योजनामा हुनेछ ।
रियल जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लने योजनामा रहेको छ ।
रियल ४० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हुयस्कालाई हराएर रियल दोस्रो स्थानमा उक्लनेछ ।
हुयस्का १६ अंक जोडेर लिगको पुछारमा रहेको छ ।
ला लिगा अन्तर्गत नै सेभियाले गेटाफेसँग खेल्नेछ ।
त्यस्तै लेभान्टेले ग्रानडा तथा भिल्ला रियलले इल्चेसँग खेल्नेछ ।













