एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता नवीकरण गर्ने भएका छन् ।
नेयमारले पीएसजीसँग थप चार वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गर्ने भएका हुन् ।
गोल डटकमका अनुसार नेयमार र पीएसजीबीच नवीकरणको औपचारिक सम्झौता मात्र बाँकी रहेको छ ।
सम्झौता अनुसार नेयमार सन् २०२६ सम्म पीएसजीमा रहने छन् ।
पछिल्लो समय अर्जेन्टिनाका लियोनल मेस्सी पीएसजी जाने चर्चा चलिरहेको समय नेयमारले पीएसजीसँगको सम्झौता थप गर्न लागेका हुन् ।
नेयमार र मेस्सी बार्सिलोनाका टिम मेट हुन् । बार्सिलोनासँग मेस्सीको सम्झौता सिजनको अन्तिममा सकिदैछ ।
२८ वर्षीय फरवार्ड नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।
चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए ।
पछिल्लो समय नेयमारले आफु पेरिसमा खुशी रहेको बताउदै आएका छन् ।
'अहिले म खुसी छ। वास्तबमै खुसी छु,' उनले एक अन्तर्वार्तामा भनेका छन्, 'परिस्थिति धेरै बदलिएको छ । अहिले मलाई राम्रो लागिरहेको छ । म खुसी छु । म पीएसजीमा बस्न चाहन्छु ।'