पहिलो हाफमा विराटनगरलाई अग्रता
शनिबार, माघ १७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा विराटनगरले ४-० को अग्रता बनाएको छ ।
अनु राईले २१ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् ।
खेलको ३६ औं मिनेटमा अनुले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई २-० को अग्रता दिलाईन् ।
खेलको ३९ औं मिनेटमा ईमा राईले गोल गर्दा विराटनगर ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ४३ औं मिनेटमा मनिषा थापा मगरले गोल गर्दा पहिलो हाफमा विराटनगर ४-० ले अघि रहेको छ ।
आज विराटनगर दोस्रो जितको खोजीमा रहेको छ । विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ ।
विराटनगर पाँचौं स्थानमा रहेको छ । चौदण्डीगढी भने पहिलो जितको खोजीमा रहेको छ ।
तीन खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)