किरण आबद्द पन्जाबको बराबरी
शुक्रबार, माघ १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा बराबरी खेलेको छ ।
शुक्रबार भएको खेलमा पन्जाबले सुदेभा दिल्ली एफसीसँग गोलरहित बराबरी खेलेको हो ।
पन्जाबको बराबरीमा किरणले उत्कृष्ट प्रदर्शन गरे । उनि हिरो अफ दि म्याच चुनिए ।
पन्जाबको यो दोस्रो बराबरी हो ।
पन्जाब ५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
सुदेभा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
किरणले लगातार दोस्रो सिजन पन्जाबबाट खेलिरहेका हुन् ।
यस अघि किरणले सन् २०१७/१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)