काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले ४-० को अग्रता बनाएको छ ।
आर्मीका लागि शर्मिला थापाले दुई गोल गरिन् । विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आर्मी लिगमा दोस्रो जित निकाल्न चाहन्छ ।
आर्मी ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
चन्द्रपुरलाई हराएको खण्डमा आर्मी दोस्रो स्थानमा उक्लनेछ ।
उपाधि होड बलियो बनाउन समेत आर्मीलाई जित महत्वपूर्ण रहेको छ ।
यस्तै चन्द्रपुर ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।
आर्मीविरुद्ध मैदान उत्रदा चन्द्रपुर पनि दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।