एजेन्सी । एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति एल्कोयानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बिल्बाओ क्वाटरफाइनलमा पुगेको हो ।
एल्कोयानोको मैदानमा एक गोलले पछि परेपनि बिल्बाओले उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेलको ३९ औं मिनेटमा पाब्लो कार्वाेनेलको गोलबाट एल्कोयानोले सुरुवाती अग्रता बनाएको थियो ।
तर, खेलको ५३ औं मिनेटमा एसिएर भिल्लालिब्रेले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई २-१ को जित दिलाए ।
ग्रानडा पनि कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
ग्रानडाले नाभलकार्नेरोलाई ६-० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।