एजेन्सी । नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा स्पेजियालाई ४-२ गोल अन्तरले पराजित गर्दै नापोली अन्तिम चारमा पुगेको हो ।
नापोलीको जितमा कालीडोउ कुलेबाली,हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एक एक गोल गरे ।
स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एक एक गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा कालीडोउको गोलबाट नापोलीले अग्रता बनाएको थियो ।

खेलको २० औं मिनेटमा लोजानोले गोल गर्दा नापोलीको अग्रता २-० को बन्यो ।
माटियोले खेलको ३० औं मिनेटमा गोल गर्दा घरेलु टिम ३-० ले अघि रह्यो ।
खेलको ४० औं मिनेटमा एल्जिकले गोल गर्दै टोलीको अग्रता ४-० को बनायो ।
दोस्रो हाफमा स्पेजियाले दुई गोल फर्कायो ।
खेलको ७० औं मिनेटमा इम्यानुएलले गोल गर्दै खेल ४-१ मा ल्याए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा अकम्पोराले थप एक गोल गरेपनि स्पेजिया ४-२ ले पराजित भयो ।
अब नापोलीले सेमिफाइनलमा एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ ।
.jpg)