पुलिसविरुद्ध एपीएफलाई अग्रता
बिहिबार, १५ माघ २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले दुई विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले १-० को अग्रता बनाएको छ ।
खेलको ३२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी हुन् ।
पुलिसका डिफेन्डरको गल्तिको फाइदा उठाउदै साबित्राले गोल गरेकी हुन् ।
आज एपीएफ लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ ।
एपीएफले ३ खेलमा ९ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा रहेको छ ।
पुलिस भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
दोस्रो स्थानको पुलिसले ५ अंक जोडेको छ ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)