एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुलले टोटेनहमसँग प्रतिस्पर्धा गर्दैछ ।
लिभरपुलले टोटेनहमसँग उसैको मैदानमा खेल्नेछ ।
दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।
साविक विजेता समेत रहेको लिभरपुलले १९ खेलमा ३४ अंक जोडेको छ ।
लिभरपुल पाँचौ स्थानमा रहेको छ ।
टोटेनहमलाई हराएर लिभरपुल चौंथो स्थानमा उक्लने छ ।
यस्तै टोटेनहम पनि लिभरपुललाई हराएर शीर्ष पाँच भित्र उक्लन चाहन्छ ।
टोटेनहम १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।