एजेन्सी । युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा बुधबार राति एसपीएललाई ४-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।
युभेन्ट्सको जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले एक एक गोल गरे ।
खेलको १६ औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा जियानलुकाले गोल गर्दा युभेन्ट्स २-० ले अघि रह्यो ।

खेलको ७८ औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्ट्सलाई ४-० को जित दिलाए ।
यस खेलमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मैदान उत्रेनन् । मुख्य प्रशिक्षक पिर्लाेले रोनाल्डोलाई विश्राम दिएका थिए ।
अब युभेन्ट्सले सेमिफाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।
