मेस्सीको गोल, बार्सिलोना क्वाटरफाइनलमा
बिहिबार, माघ १५, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा दोस्रो डिभिजनको क्लब रायो भालेकानोलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
भालेकानोको मैदानमा बार्सिलोनाले पुनरागमन जित निकालेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र फ्रान्क डि जोङले एक एक गोल गरे ।
घरेलु टोलीका फ्रान्सिस्को गार्सियाले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा गार्सियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
तर, ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८० औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


