काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बिहीबार) दुई खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
चौदण्डी र वालिङबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
आज वालिङ र चौदण्डी पहिलो जितको खोजीमा हुने छन् ।
लिगमा वालिङ २ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पुछारमा रहेको चौदण्डीले अंक जोड्न सकेको छैन ।
यस्तै दोस्रो खेलमा दुई विभागीय टिम एपीएफ र पुलिस प्रतिस्पर्धा गर्ने छन् ।
एपीएफ र पुलिसबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।
एपीएफ लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ ।
एपीएफले ३ खेलमा ९ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा रहेको छ ।
पुलिस भने दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
दोस्रो स्थानको पुलिसले ५ अंक जोडेको छ ।