एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
बुधबार राति भएको खेलमा युनाईटेड पुछारको सेफिल्ड युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा ह्यारी मग्वाएर एक गोल गरेपनि युनाईटेड पराजित भएको हो ।
खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै सेफिल्डलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ६४ औं मिनेटमा ह्यारीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई २-१ को जित दिलाए ।
घरेलु मैदानमा पराजित भएसंगै युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
दोस्रो स्थानको युनाईटेडको २० खेलमा ४० अंक रहेको छ ।
लिग लिडर म्यानचेस्टर सिटीको ४१ अंक रहेको छ ।
सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ ।
अर्को खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको छ ।
लेष्टरले एभर्टनसँग १-१ गोलको बराबरी खेल्दा ब्राइटन र फुलहमले गोलरहित बराबरी खेलेका छन् ।