कागवा ग्रीसको क्लबमा अनुबन्धित
बुधबार, माघ १४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । जापानका मिडफिल्डर सिन्जी कागवा ग्रीसको क्लब पीएओके एफसीमा अनुबन्धित भएका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व मिडफिल्डर समेत रहेका कागवा ग्रीसको सुपर लिग क्लबमा अनुबन्धित भएका हुन् ।
कागवाले ग्रीसको क्लबसँग १८ महिनाको सम्झौता गरेका छन् ।
कागवाले गत सिजन स्पेनको दोस्रो डिभिजन क्लब रियल जारागोजाबाट खेलेका थिए । त्यसअघि उनले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट खेलेका थिए ।
कागवा सन् २०१४ मा इन्ग्लिश क्लबबाट डर्टमण्ड फर्किएका थिए ।
कागवाले युनाईटेडबाट दुई सिजन खेल्दै ३८ खेलमा ६ गोल गरेका थिए ।
जापानबाट उनले ९७ खेलमा ३१ गोल गरिसकेका छन् । रुस विश्वकपमा कागवा जापानिज टिममा रहेका थिए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


