रियलका मार्टिन आर्सनलमा
बुधबार, माघ १४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डर मार्टिन ओडेगार्डलाई लोनमा अनुबन्धित गरेको छ ।
आर्सनलले बुधबार स्पेनिस क्लब रियल मड्रिडबाट मिडफिल्डर मार्टिनलाई लोनमा अनुबन्ध गरेको हो ।
नर्वेका मिडफिल्डरलाई आर्सनलले यस सिजनको अन्तिमसम्मको लागि अनुबन्ध गरेको छ ।
मिडफिल्डर मोसिट ओजिल टर्किस क्लब गएपछि आर्सनलले मार्टिनलाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय मिडफिल्डरले यस सिजन रियलका लागि ला लिगामा ७ खेल खेलेका छन् ।
गत सिजन उनले रियल सोसिडाडबाट लोनमा खेलेका थिए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


