एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेडले सेफिल्ड युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाईटेडले घरेलु मैदानमा सेफिल्डको सामना गर्नेछ । युनाईटेड र सेफिल्डबीचको खेल नेपाली समय अनुसार राति २ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युनाईटेड जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।
युनाईटेड ४० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।
युनाईटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १ अंकले पछि रहेको छ ।
सेफिल्ड ५ अंक जोडेर पुछारमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै चेल्सीले उल्भ्ससँग घरेलु मैदानमा खेल्नेछ ।
यस्तै लेष्टर सिटीले एभर्टनसँग खेल्नेछ ।
अन्य खेलमा ब्राइटनले फुलहमसँग खेल्दा बर्नलीले एस्टन भिल्लासँग खेल्नेछ ।