काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले रौतहटको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा विराटनगरले २-० को अग्रता बनाएको छ ।
विराटनगरका लागि कुसुम खतिवडा र अनु राईले एक एक गोल गरिन् ।
खेलको १२ औं मिनेटमा कुसुमको गोलबाट विराटनगरले अग्रता बनाएको थियो । कुसुमले काउन्टर अट्याकमा गोलरक्षक युनिशा राईसँगको वान भर्सेस वानको स्थितिमा गोल गरिन् ।
खेलको ३२ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो । मिडफिल्डर अनुले चन्द्रपुरकी गोलरक्षक युनिशा अगाढी बढेको फाइदा उठाउदै चिप गोल गरिन् ।
आज चन्द्रपुर दोस्रो जितको खोजीमा रहेको छ ।
चन्द्रपुरले सोमबार मात्र उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो खेलमा भने चन्द्रपुर एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो ।
चन्द्रपुरले २ खेलमा ३ अंक जोडेको छ ।
विराटनगर भने पहिलो जितको खोजीमा रहेको छ ।
विराटनगरले २ खेलमा १ अंक जोडेको छ ।
पहिलो खेलमा विराटनगर वालिङसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७-० ले पराजित भएको थियो ।