काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बुधबार) एक खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
चन्द्रपुर र विराटनगरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।
विराटनगरविरुद्ध मैदान उत्रदा चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछ ।
चन्द्रपुरले सोमबार मात्र उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।
पहिलो खेलमा भने चन्द्रपुर एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो ।
चन्द्रपुरले २ खेलमा ३ अंक जोडेको छ ।
विराटनगर भने पहिलो जितको खोजीमा हुनेछ ।
विराटनगरले २ खेलमा १ अंक जोडेको छ ।
पहिलो खेलमा विराटनगर वालिङसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
दोस्रो खेलमा भने विराटनगर एपीएफसँग ७-० ले पराजित भएको थियो ।