एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षकमा थोमस टुचेललाई नियुक्त गरेको छ ।
चेल्सीले फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि टुचेललाई नियुक्त गरेको हो ।
चेल्सीले टुचेललाई १८ महिनाको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
तर, चेल्सीले उनलाई सम्झौता बढाउनको लागि बिकल्प समेत दिएको छ ।
पेरिस सेन्ट जर्मेनका पूर्व प्रशिक्षक टुचेल सन् २००३ पछि चेल्सीको प्रशिक्षक हुने ११ औं प्रशिक्षक हुन् ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि टुचेलले नयाँ टिमसँग काम गर्न निकै उत्साहित भएको बताए ।
मेरो नयाँ टिमसँग भेट्न निकै आतुर छु । प्रतिस्पर्धात्मक लिगका लागि उत्साहित छु । चेल्सी परिवारको सदस्य हुन् पाउँदा आभारी छु,' ४७ वर्षीय टुचेलले भने ।
जर्मन प्रशिक्षक टुचेलले पीएसजीलाई २ पटक लिगको उपाधि दिलाएका थिए । यस्तै फ्रेन्च कप र फ्रेन्च लिग कप समेत जिताएका छन् ।
पीएसजी अघि उनले जर्मनीको बोरुसिया डर्टमण्ड र मैन्जको टिम हेरेका थिए ।