एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति भएको खेलमा वेस्ट ब्रुमलाई ५-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
वेस्ट ब्रुमको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे ।
यस्तै जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल थपे ।
खेलको छैटौं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले अग्रता बनाएको थियो ।

खेलको २० औं मिनेटमा जोआले गोल गर्दा सिटी २-० ले अघि रह्यो ।
३० औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३-० को बन्यो ।
पहिलो हाफको इन्जुरी समयमा महरेजले गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए ।
जितसंगै सिटीले १९ खेलमा ४१ अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि रहेको छ ।
वेस्ट ब्रुम ११ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
