काठमाडौं । तेस्रो नागिनी कप अन्तर जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा कन्यस्थान युवा क्लबले जित निकालेको छ ।
कन्यस्थानले न्यु स्टार त्रिसुली युवा क्लबलाई पेनाल्टीमा हराएको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
अर्को खेलमा सामरी युवा क्लबले डिजे युवा क्लबलाई पेनाल्टीमै हराएको छ ।
काठमाडौं चक्रपथ युवा क्लबले छार वाका राहा युवा क्लब गैरालाई ४-० ले हराएको छ ।
पर्मचेतयुवा क्लबले नागिनि थान युवा क्लबको बी टिमलाई २-० ले हराएको छ ।
जुन्तारा युवा क्लबले जोरचौतारा युवा क्लबलाई ६-० ले हराएको छ ।
नागिनि थान युवा क्लबको आयोजना जारी प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।