काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र वालिङले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा पाएको मौकालाई दुबै टोलीले सदुपयोग गर्न सकेनन् ।
आज पुलिस दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
तर, दोस्रो खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गरेको थियो ।
पुलिस २ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
वालिङ भने पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १-१ गोलको बराबरी खेलेको थियो ।
दोस्रो खेलमा वालिङ आर्मीसँग ७-० ले पराजित भएको थियो ।
वालिङको २ खेलमा १ अंक रहेको छ ।