एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
सोमबार राति च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा पुगेको हो ।
वान्डरसको मैदानमा एक गोलले पछि परेपनि टोटेनहमले पुनरागमन जित निकालेको हो ।
खेलको २५ औं मिनेटमा फ्रेडले गोल गर्दै वान्डरसलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४५ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ८६ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए ।
खेलको ८७ औं मिनेटमा टानगाइ एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।
अब टोटेनहमले पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।