काठमाडौं । खेलाडीको दुर्घटना बीमाको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रभु इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।
एन्फाले सोमबार प्रभुसँग दुर्घटना बीमाको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधर र प्रभुका चिफ मार्केटिङ म्यानेजर समिर तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै राष्ट्रिय टिमका खेलाडी, 'ए', 'बी' र 'सी' डिभिजन क्लबका खेलाडी, एन्फाका स्टाफ र पदाधिकारीको दुर्घटना बीमा भएको छ ।