काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफको खेल सकिदा चौदण्डी र चन्द्रपुरले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको २३ औं मिनेटमा अन्जना थुलुङले गोल गर्दै चौदण्डीलाई अग्रता दिलाएकी थिइन् । सरस्वती चौधरीले डिबक्सको लाइनमा उपलब्ध गराएको बललाई अन्जनाले दोस्रो बार च्याप्दै सहज गोल गरेकी थिइन् ।
तर, पहिलो हाफको इन्जुरी समयमा दिल कुमारी मगरले गोल गर्दै चन्द्रपुरलाई १-१ गोलको बराबरी फर्काएकी थिइन् । सबिता राना मगरले कर्नर मार्फत उपलब्ध गराएको बललाई दिल कुमारीले सिक्स यार्ड बक्सबाट गोल गरेकी थिइन् ।
आज चौदण्डी र चन्द्रपुर आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
दुबै टिम अघिल्ला खेलमा पराजित भएका थिए ।
दुबै टिम अंक विहीन रहेका छन् ।
तर, लिगको दोस्रो खेलमा दुबै टिम अंक जोड्न चाहन्छ ।
चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-० ले पराजित भएको थियो ।
यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो ।