एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नलाई जित दिलाउन थोमस मुलरले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्की र डेभिड अल्बाले एक एक गोल थपे ।
साल्केको मैदानमा मुलरले ३३ औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

खेलको ८८ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।
जितसंगै बायर्नले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।
बायर्नले १८ खेलमा ४२ अंक जोडेको छ ।
दोस्रो स्थानको आरबी लाइपजिगको ३५ अंक रहेको छ ।
साल्के ७ अंक जोडेर पुछारमा रहेको छ ।