एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे ।
खेलको ३९ औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
जितसंगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले १९ खेलमा ३७ अंक जोडेको छ ।
बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रहेको छ ।

एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
अर्को खेलमा ओसासुनाले ग्रानडालाई ३-१ ले हराएको छ ।
