एजेन्सी । लेष्टर सिटी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै लेष्टर पाँचौं चरणमा पुगेको हो ।
ब्रेन्टफोर्डको मैदानमा एक गोलले पछि परेपनि लेष्टरले उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेलको छैटौं मिनेटमा माड्स बेचले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ४६ औं मिनेटमा सेन्गिज अन्डरले गोल गर्दै लेष्टरलाई खेलमा फर्काए ।
खेलको ५१ औं मिनेटमा युरी टेलीमान्सले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेष्टरलाई ३-१ को जित दिलाए ।
यस्तै अर्को खेलमा फुलहमलाई ३-० ले हराएर बर्नली पनि पाँचौं चरणमा प्रवेश गरेको छ ।
