एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा लाइपजिग मैन्जसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
मैन्जको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लाइपजिग पराजित भएको हो ।
खेलको १५ औं मिनेटमा टेलर एडम्सले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए ।
खेलको २४ औं मिनेटमा मोउसा निखाटेले गोल गर्दै मैन्जलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ३० औं मिनेटमा मार्सल हल्स्टेनवर्गले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ३५ औं मिनेटमा मैन्जका मोउसाले व्यक्तिगत दोस्रो गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५० औं मिनेटमा लियान्ड्रो ब्यारेरोले गोल गर्दै मैन्जलाई ३-२ को जित दिलाए ।
जितसंगै मैन्जले सिजनको दोस्रो जित निकालेको छ ।
मैन्ज १० अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
लाइपजिग ३५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।