एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लिग लिडर एसी मिलान पराजित भएको छ ।
शनिबार राति भएको खेलमा मिलान एटलान्टासँग ३-० गोल अन्तरले पराजित भएको हो ।
एटलान्टाले मिलानविरुद्ध उसैको घरेलु मैदानमा जित निकालेको हो ।
खेलको २६ औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।
खेलको ५३ औं मिनेटमा जोसेफले गोल गर्दा एटलान्टा २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा डुभान जापटाले गोल गर्दै एटलान्टालाई ३-० ले जित दिलाए ।
जितसंगै एटलान्टा लिगको चौंथो स्थानमा उक्लिएको छ ।
एटलान्टाले १९ खेलमा ३६ अंक जोडेको छ ।
मिलान ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा इन्टर मिलान उडीनेजेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
रोमाले स्पेजियालाई ४-३ ले हराएको छ ।