रियलको जितमा बेन्जिमाको दुई गोल
शनिबार, १० माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ ।
शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो ।
रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिली स्टार कासमिरो र इडेन हजार्डले एक एक गोल गरे ।
घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए ।

स्पेनिस कपमा तेस्रो डिभिजनको क्लबसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको रियलले घरेलु लिगमा भने राहात महशुश गरेको छ ।
जितसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दुरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ ।
रियल ४० अंक सहित दोस्रो र आल्भेस १८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ । कोरोनाबाट संक्रमित जिनेदिन जिदान टिममा थिएनन् ।








-1767840835858.webp&w=3840&q=75)




