चितवन । दोस्रो संकरणको माडी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं-११ ले जितेको छ ।
शनिबार भएको फाइनलमा सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौं-११ ले उपाधि जितेको हो ।
काठमाडौंलाई उपाधि दिलाउन विकास तामाङले निर्णायक गोल गरे ।
उपाधिसंगै काठमाडौंले २ लाख प्राप्त गरेको छ । उपविजेता बनेको भरतपुरले १ लाखमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी काठमाडौंका गौरव श्रेष्ठ चुनिए ।

यस्तै उत्कृष्ट गोलकिपर काठमाडौंका आकाश रानाभाट, उत्कृष्ट डिफेन्डर माडी-११ का संजय रामदाम, उत्कृष्ट मिडफिल्डर भरतपुरका यदु सिलवाल र उत्कृष्ट फरवार्ड भरतपुरकै सुरेश कुमाल चुनिए ।
नवप्रतिभाशाली खेलाडी माडीका बिज्ञान खड्का, सर्वाधिक गोलकर्ता माडीकै रितेश क्षेत्री र उत्कृष्ट प्रशिक्षक काठमाडौंका आशिक थापा चुनिए ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
