काठमाडौं । नेपाल पुलिस क्लबका कप्तान जुमानु राई, भोला सिलवाल र सुमन सुवेदी नगदसहित सम्मानित भएका छन् ।
हरिवन युवा क्लबले शनिबार जुमानु,भोला र सुमनलाई सम्मान गरेको हो । जुमानु हरिवन क्लबकै उत्पादन हुन् ।
शनिबार आयोजित एक कार्यक्रमका क्लबले उनीहरुलाई जनही १० हजार र कदरपत्रले सम्मान गरेको हो ।
स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित उनीहरुलाई सम्मान गरिएको क्लबले जनाएको छ ।
'देश र क्लबको लागि पुर्र्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेका हौं,' क्लबका सदस्य युवराज बुढाथोकीले खेलपाटीसँग भने ।
सम्मान कार्यक्रममा तीनै खेलाडीले स्थानीय खेलाडीसँग मिलेर मैत्रीपूर्ण खेल समेत खेलेका थिए ।
