मिलानलाई एटलान्टाको चुनौती
शनिबार, माघ १०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले आज एटलान्टाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
लिग लिडर मिलानले घरेलु मैदानमा एटलान्टाको सामना गर्नेछ ।
घरेलु मैदानमा मिलान सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
मिलान जित निकाल्दै शीर्ष स्थानको अग्रतालाई कायम राख्न चाहन्छ ।
तर, बलियो टिम एटलान्टाविरुद्ध जित निकाल्न मिलानलाई सहज भने छैन ।
एटलान्टा पनि मिलानलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
मिलान ४३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
एटलान्टा ३३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा इन्टर मिलानले उडीनेजेसँग खेल्नेछ ।
त्यस्तै रोमाले स्पेजियासँग खेल्नेछ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


