एजेन्सी । इंग्लिस एफए कप फुटबलको चौंथो चरणमा आज (शनिबार) आर्सनलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ ।
आर्सनलले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
साउथह्याम्पटनको मैदानमा आर्सनल जित निकाल्दै पाँचौ चरणमा पुग्ने लक्ष्यमा हुनेछ ।
घरेलु टिम पनि आर्सनललाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।
दुई टिमबीचको विजेताले पाँचौं चरणमा उल्भ्सको सामना गर्नेछ ।
एफए कप अन्तर्गत नै म्यानचेस्टर सिटीले चेल्टनहम टाउनसँग खेल्नेछ ।
ब्राइटनले ब्लाकपुलसँग खेल्दा नर्विचले बर्न्सलेसँग खेल्नेछ ।