चेल्सीका डिफेन्डर फिकायो मिलानमा
शनिबार, माघ १०, २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका डिफेन्डर फिकायो टोमोरी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् ।
सिरी 'ए' लिडर मिलानले डिफेन्डर फिकायोलाई लोनमा अनुबन्ध गरेको हो ।
यस सिजनको अन्तिमसम्मको लागि मिलानले उनलाई अनुबन्ध गरेको हो ।
यस्तै चेल्सीले मिलानलाई स्थायी अनुबन्धको लागि विकल्प समेत दिएको छ ।
२३ वर्षीय डिफेन्डर यस सिजन चेल्सीको प्लेईङमा पर्न सकिरहेका थिएनन् ।
उनले यस सिजन प्रिमियर लिगमा मात्र १ खेल खेलेका थिए ।
गत सिजन उनले चेल्सीका लागि १५ खेल खेलेका थिए ।
चेल्सीको एकेडेमीमा हुर्किएका फिकायो अधिकांस सिजन लोनमा खेलिरहेका छन् ।
इंग्ल्यान्डका लागि उनले १ खेल खेलेका छन् ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


