एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
साविक विजेता समेत रहेको पीएसजीले शुक्रबार राति मोन्टपेलियरमाथि ४-० को जित निकालेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे ।
यस्तै नेयमार र माउरो इकार्डीले एक एक गोल गरे ।

खेलको १८ औं मिनेटमा जोनास ओम्लिनले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।
खेलको ३४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।
नेयमारले खेलको ६० औं मिनेटमा गोल गर्दा पीएसजीले २-० को अग्रता बनायो ।
लगत्तै ६१ औं मिनेटमा इकार्डीले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको ६३ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।
जितसँगै पीएसजीले २१ खेलमा ४५ अंक जोडेको छ ।
पीएसजीले शीर्ष स्थानमा ३ अंकको अग्रता समेत बनाएको छ ।
मोन्टपेलियर २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
