एजेन्सी । लेष्टर सिटीका स्ट्राइकर जेमी भार्डी केहि साता मैदान बाहिर रहने भएका छन् ।
हर्नियाको शल्यक्रिया गर्नु पर्ने भएको कारण भार्डी केहि साता मैदान बाहिर रहने भएका हुन् ।
लेष्टरका मुख्य प्रशिक्षक ब्रेण्डन रोजर्सले भार्डी केहि साता मैदान बाहिर रहने पुष्टि गरे ।
भार्डी लेष्टरका मुख्य खेलाडी हुन् । भार्डीको अनुपस्थितिले लेष्टरलाई चिन्तित बनाएको छ ।
भार्डीले यस सिजन प्रिमियर लिगमा ११ गोल गरिसकेका छन् ।