पोखरा । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतको बाँकी खेलको लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले पोखरामा प्रशिक्षण सुरु गरेका छन् ।
नेपाली टोलीले पोखरा रंगशालामा शुक्रबारबाट प्रशिक्षण थालेको हो । दुई साताको प्रशिक्षणका लागि नेपाल टिम बिहीबार मात्रै पोखरा आईपुगेका थिए ।
३५ खेलाडीसहित ४४ सदस्सीय टोलीले माघ २१ गतेसम्म पोखरामा प्रशिक्षण गर्नेछन् ।
नेपाली टोलीले यस अघि दशरथ रंगशाला र एन्फा मैदानमा प्रशिक्षण गरेको थियो । तर, महिला लिग सुरु भएपछि नेपाली टोली तयारीका लागि पोखरा आएको हो ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
