एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले साँघुरो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा बायर्नले आउग्सबर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आउग्सबर्गको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे ।
खेलको १३ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेका थिए । जुन गोल बायर्नको जितमा निर्णायक बन्यो ।
यस्तै खेलको ७६ औं मिनेटमा आउग्सबर्गले बराबरी गर्ने मौका पाएको थियो ।
तर,आउग्सबर्गका अल्फ्रेड पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

जितसंगै बायर्नले १७ खेलमा ३९ अंक जोडेको छ ।
बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।
आउग्सबर्ग १९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
बुन्डेसलिगा अन्तर्गत नै दोस्रो स्थानको आरबी लाइपजिगले युनियन बर्लिनलाई १-० ले हराएको छ ।
लाइपजिगको ३५ अंक रहेको छ ।
