फुलहमलाई हराउँदै युनाईटेड शीर्ष स्थानमा
बिहिबार, माघ ८, २०७७खेलपाटी संवाददाता

एजेन्सी । म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा फुलहमलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो ।
फुलहमको मैदानमा एक गोलले पछि परेको युनाईटेडले पुनरागमन जित निकालेको हो ।
खेलको पाँचौं मिनेटमा लुकम्यानले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।
तर, २१ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए ।
जितसँगै युनाईटेडले १९ खेलमा ४० अंक जोडेको छ ।
युनाईटेड दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ ।
फुलहम १२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


