लाजियोको सहज जित
शनिबार, ०३ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा लाजियोले रोमाविरुद्ध सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लाजियोले रोमालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिरो इम्मोबाइलले १४ औं मिनेटमा गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दा लाजियो २-० ले अघि रह्यो ।
त्यसपछि खेलको ६७ औं मिनेटमा लुइसले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोलाई ३-० को जित दिलाए ।
जितसँगै लाजियो सातौं स्थानमा उक्लिएको छ । लाजियोले १८ खेलमा ३१ अंक जोडेको छ ।
रोमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


