एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
पीएसजीले पोचेटिनोलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ । कोरोना देखिएपछि उनि सेल्फ आईसोलेसनमा बसेको क्लबले जनाएको छ ।
४८ वर्षीय पोचेटिनो हालै पीएसजीको प्रशिक्षक नियुक्त भएका थिए । टोटेनहमका पूर्व प्रशिक्षक समेत रहेका पोचेटिनोले पीएसजीका लागि यसै साता सुपर कपको उपाधि जितेका थिए ।
कोरोना देखिएपछि अर्जेन्टिनी प्रशिक्षकले लिग वान अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् ।
पीएसजीले शनिबार एन्जर्स र शुक्रबार मोन्टपिलरविरुद्ध खेल्ने तालिका रहेको छ ।