एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्रिमियर लिगमा डिसेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले फर्नान्डेसलाई शुक्रबार 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
डिसेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै फर्नान्डेसले 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
फर्नान्डेसले चौथो पटक 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
फर्नान्डेस एकै वर्षमा ४ पटक 'प्लेयर अफ दि मन्थ' अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।
यस अघि उनले फेब्रुअरी, मे र नोभेम्बरमा 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका थिए ।
युनाइटेड आएको १२ महिनामै फर्नान्डेसले कीर्तिमान बनाएका हुन् ।
पोर्चुगिज मिडफिल्डर फर्नान्डेस स्पोर्टिङ सिपीबाट युनाइटेड आएका हुन् ।