एजेन्सी । इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनी च्याम्पियनसिप क्लब डर्बी काउन्टीको मुख्य प्रशिक्षक चुनिएका छन् ।
रुनीले शुक्रबार डर्बीसँग साढे दुई वर्षको सम्झौता गरेका छन् ।
डर्बीले गत नोभेम्बर १४ मा मुख्य प्रशिक्षक फिलिपलाई बर्खास्त गरेको थियो ।
रुनी गत वर्ष अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडबाट च्याम्पियनसिप क्लब डर्बीमा अनुबन्धित भएका थिए ।
म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट डीसी गएका थिए ।
रुनी इंग्ल्यान्डका कीर्तिमानी गोलकर्ता हुन् ।