मर्रेलाई कोरोनाको संक्रमण
बिहिबार, ०१ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । बेलायती टेनिस खेलाडी एन्डी मर्रेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अष्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न जानु अघि गरिएको परिक्षणमा मर्रेलाई कोरोना देखिएको छ ।
कोरोना देखिएपछि उनी लण्डनमा आफ्नै घरमा सेल्फ आईसोलेसनमा बसेका छन् ।
कोरोना देखिएपनि पूर्व विश्व नम्बर एक मर्रे पूर्णरुपमा स्वस्थ्य रहेको बताईएको छ ।
तर, उनले अष्ट्रेलियन ओपन गुमाउन सक्ने भएका छन् ।
अष्ट्रेलियन ओपन फेब्रुअरी ८ बाट मेलबर्न पार्कमा सुरु हुनेछ ।
प्रतियोगिताको लागि ३३ वर्षीय मर्रे केहि दिनमा चार्टर फलाइटमार्फत मेलबर्न जाने तालिका रहेको थियो ।










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
