मर्रेलाई कोरोनाको संक्रमण
बिहिबार, माघ १, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बेलायती टेनिस खेलाडी एन्डी मर्रेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
अष्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न जानु अघि गरिएको परिक्षणमा मर्रेलाई कोरोना देखिएको छ ।
कोरोना देखिएपछि उनी लण्डनमा आफ्नै घरमा सेल्फ आईसोलेसनमा बसेका छन् ।
कोरोना देखिएपनि पूर्व विश्व नम्बर एक मर्रे पूर्णरुपमा स्वस्थ्य रहेको बताईएको छ ।
तर, उनले अष्ट्रेलियन ओपन गुमाउन सक्ने भएका छन् ।
अष्ट्रेलियन ओपन फेब्रुअरी ८ बाट मेलबर्न पार्कमा सुरु हुनेछ ।
प्रतियोगिताको लागि ३३ वर्षीय मर्रे केहि दिनमा चार्टर फलाइटमार्फत मेलबर्न जाने तालिका रहेको थियो ।






1686853912-1760864621059.avif&w=3840&q=75)









-1762303379429.webp&w=3840&q=75)