वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन

काठमाडौं । सन्जिव तुलाधरको संयोजकत्वमा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन भएको छ ।
आइतबार गठन गरिएको कमिटीको सह-संयोजकमा सुनिल कुमार श्रेष्ठ, सचिवमा राजन खत्री रहेका छन् ।
कमिटीको सदस्यहरुमा शैलेश कर्माचार्य,दिवाकर घले,सन्जिव मिश्र,सरोज कुमार मुल्मी,अष्ट काभे,सुनिल महर्जन र गजराज खड्का रहेका छन् ।

कमिटीको सल्लाहकारमा प्रभाषमान सिंह,श्रीराम लामिछाने र रुपक राजबंशी रहेका छन् ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कमिटीका पदाधिकारीहरुलाई मनोनयन पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै सिंहले खेलकुद विकासमा यस कमिटीको महत्वपूर्ण भूमिका रहने हुँदा सबैलाई समेटेर अगाडी बढन आग्रह गरेका थिए ।
नेपालका वरिष्ठ राजनितिकज्ञ,प्रजातन्त्रका योद्दा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद क्षेत्रमा विविध क्रियाकलाप गर्ने उद्देश्यले गणेशमान सिंह फाउन्डेसन अन्तर्गत रहने गरी कमिटी गठन गरिएको हो ।

















