मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलको नतिजा परिणाममुखी बनाउन काम सुरु - सिलवाल

शनिबार, २५ पौष २०७७खेलपाटी संवाददाता
खेलको नतिजा परिणाममुखी बनाउन काम सुरु - सिलवाल
Loading ad...
mustang rice ad

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिब रमेश कुमार सिलवालले खेलको नतिजा परिमाणमुखी बनाउन राखेपले काम सुरु गरेको बताएका छन् ।

नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा बोल्दै सदस्य सचिव सिलवालले उक्त कुरा बताएका हुन् ।

कोभिड–१९ का कारण थला परेको खेलकुदलाई माथी उठाउन प्रशिक्षण तथा प्रतियोगिताहरु सुरु गर्न आग्रह गर्दै सदस्य सचिव सिलवालले नतिजा परिणाममुखी खेलहरुको वर्गिकरणका लागि राखेपले काम शुरु गरेको बताए ।

सदस्य सचिव सिलवालले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराख्न अनुरोध पनि गरेका छन् ।

खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको बताउँदै उनले भने, 'खेलकुद विकासलाई गति दिने हो भने कोही कसै सँग आग्रह वा पूर्वाग्रह राख्न हुँदैन ।'

नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै सिलवालले खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायक समेत अनुशासन र जिम्मेवारी पूर्वक अघि बढ्न आग्रह गरे ।

तेक्वान्दोले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा उत्कृष्टता हासिल गरेको बताउँदै त्यसको साख लाई जोगाई राख्न जुनियर लेभलवाट नै रेङकिङ प्रतियोगिता आयोजना गर्न उनले सुझाव दिए ।

उनले अब नेपालमा निर्माण हुने खेलकुद पूर्वाधारहरु निजी क्षेत्रको सहभागितामा निर्माण गरिने समेत बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले स्थानियस्तरमा आयोजना हुने खेलकुदलाई समेत विश्वव्यापीकरण गर्नुपर्ने धारणा राख्दै राष्ट्रले खेलकुदबाट चाहेको आकाक्षा पुरा गर्न खेलकुद रंगशालामा मात्रै नभई घर–घरमा पुग्न आवश्यक रहेको बताए ।

नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले नेपाल तेक्वान्दोको उर्जा शक्तीलाई एकिकृत गर्दै तेक्वान्दोको विकासका लागि अघि वढ्ने धारणा राख्दै दोलखाको शैलुङमा हाइ अल्टिच्युड तेक्वान्दो एकेडेमीको निर्माणको कामलाई अघि बढाउने जानकारी समेत दिए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष भोज बहादुर शाह, गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ लगाएतले आफ्ना भनाई राखेका थिए ।

उद्घाटन कार्यक्रममा संघले सदस्य सचिव सिलवालसहित राखेप सदस्य सम्पन्न श्रेष्ठ, राखेप सदस्य सुवास श्रेष्ठ, राखेप सदस्य नन्दा वस्याललाई सम्मान गरेको छ ।

त्यसै गरि नेपाल तेक्वान्दो संघलाई १६ लाख भन्दा बढी सहयोग गर्ने सुमेरु ग्रुपका अध्यक्ष भरत मर्हजन समेत सम्मानित भएका छन ।

संघले यो वर्ष ‘नेशनल हिरोज २०२०’का रुपमा सञ्चारकर्मी शुसिल पाण्डे र समाजसेवी नेहा पोख्रेललाई नगद १५ हजार सहित सम्मान गरेको छ ।

सञ्चारकर्मी पाण्डेले कोभिड–१९ कहरका विचमा समाजमा उल्लेख्निय योगदान पुर्याएका थिए भने समाजसेवी पोख्रेलले सडक बालबालिका मनरोगी महिलाहरुको उद्धारको क्षेत्रमा उल्लेख्निय योगदान दिएकी छन ।

\साधारण सभामा संघका महासचिब गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कासिम मिया धावीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभा नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र कास्की जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा सम्पन्न भएको हो ।

साधारण सभामा गण्डकी प्रदेशका महासचिवले प्रदेशको तर्फवाट रमेश पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा